कोरोना संक्रमणबाट पूर्वसांसद बस्नेतको निधन

भोजपुर । भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ । ७४ वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए। उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत रहेका थिए।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहेका थिए। बस्नेतका श्रीमती र दुई छोरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?