काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र संसद पुनर्स्थापनाको मागसहित विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेका छन् ।
बहुमत सदस्यहरुको हस्ताक्षरसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका गरी १४६ सांसद सर्वोच्च पुगेका हुन् ।
गत जेठ ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको गठनको आह्वान गरेसँगै देउवालाई प्रधानमन्त्री बनाउने सिफारिस लिएर १४९ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय गएका थिए । यता प्रधानमन्त्री केपी शर्मा ओली समेत १५३ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय पुगेका थिए ।
राष्ट्रपति कार्यालयले दुवै पक्षको दाबी नपुगेको सूचना जारी गर्दै संसद विघटन र मध्यावधी निर्वाचनको घोषणा गरेको थियो ।
त्यसको विरुद्ध सर्वोच्च अदालत जानका लागि विपक्षी गठबन्धनले शनिवारदेखि तयारी थालेको थियो । बहुमत सदस्य जुटाउने र सशरीर सर्वोच्च उपस्थित गराउने उदेश्यले हस्ताक्षर संकलन थालिएको थियो । जसमा कांग्रेसका ६१ सांसद, माओवादी केन्द्रका ४९ एमाले माधवकुमार नेपाल पक्षका २३ सांसद, जसपाका २३ र १२ सांसद र राष्ट्रिय जनमोर्चाका १ सांसद रहेका छन् ।
त्यस्तै सांसदहरु सर्वोच्च अदालत पुग्ने क्रम जारी रहेको छ । भने सर्वोच्च आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया