काडमाडौं । संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ सांसदहरुले हस्ताक्षर गरेका छन् ।
यसअघि विपक्षी गठबन्धनको सरकार गठनका लागि २६ सांसदले हस्ताक्षर गरेका थिए । संसद विघटनविरुद्धको रिट दायर गर्ने क्रममा तीन सांसदहरु त्यसको बाहिर रहेका छन् । जसमा गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी रहेका छन् ।
त्यस्तै संसद विघटनविरुद्ध हस्ताक्षर गर्नेहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, नारायण खतिवडा, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, सरला यादव, लक्ष्मी चौधरी, निरादेवी जैरु, कल्याणी खड्का, झपट रावल रहेका छन् ।
त्यसैगरी कलिला खातुन, पुष्पाकुमारी कर्ण, मेटमणी चौधरी, दीपकप्रसाद भट्ट, यज्ञ बहादुर सुनुवार, भवानीप्रसाद खापुङ लगायतका सांसदहरुले हस्ताक्षर गरेका छन् ।
आफ्नै संसदीय दलका नेताको विरुद्ध प्रधानमन्त्रीमा अन्य दलका नेतालाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न नसकिने भन्दै नेपाल पक्षका केहि सांसदहरु तटस्थ बसेका थिए । तर प्रधानमन्त्रीले संसद विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको एक नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया