यस वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून छ : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून रहेको बताएका छन् । यसको लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी गराए ।

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने जानकारी दिए ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सो जानकारी दिएका हुन् । संगठनका अध्यक्ष ऐन महर सहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुदे ज्ञापनपत्र बुझाएको थियो ।

सो क्रममा मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने उल्लेख गर्दै भने,–सबै परीक्षाको विषयमा चाडै निर्णैय गर्नेछौ ।

उनले सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेटमा शिक्षाको बजेट बढ्न सक्ने आंकलन गर्दै नया नयाँ योजना आउनसक्ने उल्लेख गरे । भने,– ‘तपाईहरुले शिक्षामा २० प्रतिशत बजेट आवश्यक रहेको उल्लेख गर्नुभएको छ । सरकारले यो विष्यायमा सोच विचार गरिरहेको छ ।’

मन्त्री श्रेष्ठले अबको शिक्षा गुणस्तरीय र रोजगारमुलक हुनुपर्ने बताए । ‘अब परम्परागत शिक्षा अहिलको आवश्यकता होइन, प्रयोगात्मक र प्रविधियुक्त शिक्षा आजको आवश्यकता हो’ –मन्त्री श्रेष्ठको भनाई थियो ।

ज्ञापनपत्र बुझदै मन्त्री श्रेष्ठले सबै विश्वविद्यालयको रोकिएको परीक्षा, अनलाईनमा कक्षा लिएवापतको शुल्क घटाउनुपर्ने, सबै सामुदायीक विद्यालयमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग छलफल भैरहेको जानकारी गराए । कार्यक्रममा बोल्दै शिक्षा सचिव रामप्रसाद थपलियाले एसईई र कक्षा १२ को विषयमा मन्त्रानलयले चाडै निर्णय गर्ने जानकारी गराए । भने–’दुई तिन दिनभित्रमा परीक्षाको मोडालिटिको बारेमा निर्णय गर्नेछौ ।’

उनले अब बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईईको बारेमा निर्णय गर्ने जानकारी दिए । उनले मन्त्रालयले यो वर्ष राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा बजेट विनीयोजन गरेर विद्यालय शिक्षामा ठुलो उपलब्धी गरेको बताए । उनले कोभिड को समयमा मन्त्रालयले अनलाईन कक्षा सञ्चालन गरिरहेको जानकारी गराए ।

उनले अनलाईन कक्षाको कारण विद्यार्थीलाई पढ्ने र अनलाईन माध्यमबाटै परीक्षा दिने व्यवस्था भएको बताए । कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष ऐन महरले मन्त्रालयले एसईई, कक्षा १२ र विगत तीन वर्षदेखि स्थगित विश्वविद्यालयको परीक्षा बैकल्पिक विधिबाट भएपनि सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाले सामुदायीक विद्यालयमा अध्ययनगर्ने विद्यार्थी मध्य करिब ८० प्रतिशत इन्टरनेट पहुच बाहिर रहेको उल्लेख गर्दै त्यस विषयाम सरकार गम्भीर हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?