काठमाडौंमा एक बैंकको तीन शाखा मात्र खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै नेपाल राष्ट्र बैंकले थप कडाइ गर्ने सर्कुलर जारी गरेको छ ।

राष्ट्र बैंकले सोमवार एक सूचना जारी गर्दै यस्तो निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले काठमाडौं जिल्लामा तीनवटा शाखा मात्र खोलेर सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

त्यस्तै, विकास बैंकहरुले २ वटा, फाइनान्स कम्पनीहरुले एक वटा मात्र शाखा खोलेर सेवा दिन पाउने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै ललितपुरमा बाणिज्य बैंकहरुले २ वटा, भक्तपुरमा एउटा एउटा शाखा सञ्चालन गर्न पाउनेछन् । त्यस्तै,विकास बैंकहरू र फाइनान्स कम्पनीहरुले भने ललितपुरमा र भक्तपुरमा एक/एक वटा शाखा खोल्न पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको, सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा तथा शाखा खुला रहने समयको जानकारी समेटिएको सूचना दैनिक रुपमा प्रकाशन राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?