काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेसँगै देशभर त्यसको विरोध भइरहेको छ ।
यसैक्रममा सोमवार (आज) नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय परिसरमा मसाल जुलुस निकालेको छ ।
नेविसंघ त्रिवि समितिले संसद विघटन असंवैधानिक रहेको भन्दै अध्यक्ष जगदीश भट्टको नेतृत्वमा जुलुस निकालेका हुन् ।
प्रदर्शनकारीले ‘केपी विद्या चमत्कार, संविधानको बलात्कार’ लगायतका पम्पलेट बोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया