काठमाडौँ, २१ असोज- केपी ओली र प्रचण्डलाई युगपुरुष भन्दै शुक्रबार एमाले प्रवेश गरेका नवराज सिलवाल कानुनतः बहालवाला डिआइजी नै हुन् ।राजीनामा स्वीकृत नभएसम्म कुनै पनि प्रहरी कर्मचारी पदमै रहेको मानिने नियमावलीको प्रावधान छ । सिलवालको राजीनामा गृह मन्त्रालयले स्वीकृत गर्नुपर्छ, तर राजीनामापत्र हालसम्म प्रहरी मुख्यालयमै छ ।सिलवालको राजीनामा स्वीकृत नभएको पुष्टि गर्दै प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले भने, ‘उहाँको राजीनामा स्वीकृत प्रशासनिक प्रक्रियामै छ ।’ सर्वाेच्च अदालतबाट तीन साताअघि आफ्नो विपक्षमा फैसला आएलगत्तै उनले राजीनामा दिएका थिए, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया