नयाँ सरकार बन्ने अवस्था रहँदा रहँदै संसद् विघटन गरियो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ सरकार बन्ने अवस्था रहँदा रहँदै संसद विघटन गरिएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समितिद्धारा आज जुम प्रविधिमार्फत् आयोजित ‘वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक सम्वाद कार्यक्रममा बोल्दै संसदबाट नयाँ सरकार बनाउने अवस्था विघटन गरिएको बताएका हुन् । उनले सरकारले कोरोना परिक्षणको दायरालाई बढाउन कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । नेता कोइरालाले

कोरोना भ्याक्सिन ल्याउनका लागि सरकारले यथेष्ट पहल गर्न नसकेको भन्दै यसका लागि कांग्रेसले पहल थाल्नुपर्ने पनि बताए ।
पार्टीले आफ्नो १४ औँ महाधिवेशनको तोकिएको समयमा सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य अजय चौरासियाले कोरोनाबाट आक्रान्त भएका जनतालाई राहत दिने काममा सरकार असफल भएको बताए । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले कोरोना सङ्क्रमणका लागि सरकारले महानगरपालिकालाई कुनैपनि बजेट नदिँदा कोरोना रोकथाममा समस्या परेको बताइन् । उपत्यकाका विभिन्न १० अस्पताललाई कोरोना उपचारका लागि काठमाडौं महानगरपालिकाले सहयोग गरेको उनले जानकारी दिईन् ।

नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बराल, पाँचथरका सभापति नरेन्द्र केरुङ, रामेछापका सभापति लवश्री न्यौपाने, कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारी लगायतले कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि कांग्रेस कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?