प्राध्यापक संघका पूर्वअध्यक्षहरूको संयुक्त बोली : गरिमामय संसदको अवमुल्यन भयो

काठमाडौं । नेपाल प्राध्यापक संघका पूर्वअध्यक्षहरूले प्रतिनिधि सभाको विघटन गरी संसदको अवमुल्यन गरिएको बताएका छन् ।

सोमबार नेपाल प्राध्यापक संघका पूर्वअध्यक्षहरुको तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले संविधान अनुरुप विश्वासको मत लिनुपर्नेमा विश्वासको मत नलिई संसद विघटन गरेर गरिमामय संसदको अवमुल्यन गरिएको बताएका हुन् ।

उनीहरुले संविधान, लोकतन्त्र, जनमत र संसदीय व्यवस्थाको मर्म विपरित संविधानको व्यवस्थाभन्दा बाहिर गएर स्वेच्छारी ढंगले प्रतिनिधि सभाको विघटन गरिएकाले यस्तो कार्य कानुनी राज्यमा क्षम्य नहुने स्पष्ट पारेका छन् ।

अदालतबाट संविधानको मर्म, जनभावना र राष्ट्रको हितमा नै आदेश हुने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?