धनगढी-टेकसिंह धामी। सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक डाकिएको छ । सोमवार एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रदेशमा अहिले आकस्मिक रुपमा दलको बैठक बोलाइएको हो ।
बैठकमा ओली पक्षका सांसदलाई भने अनुपस्थित छन् । ओली पक्षका सांसदलाई खबर नगर्दा अनुपस्थित रहेको बुझिएको छ ।
ओलीपक्षीय सांसद तथा पूर्व मन्त्री पठानसिंह बोहोराले संसदीय दलको बैठकबारे आफूलाई केहि जानकारी नभएको बताए । उनले भने, ‘हामीलाई बैठक बारे खबर नै आएको छैन ।’
तर संसदिय दलको बैठक बसिरहेको बताउदै माधव पक्षका एक सांसदले भने, ‘हामीलाई दलको नेताले बैठक भनेर खबर गर्नु भयो। अहिले हामी दलको कार्यालयमा छौ ।’
५२ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभामा एमालेका २५ सांसद छन् । नेपाल पक्षका १८ र ओली पक्षका ६ जना सांसद छन् । आजको बैठकले यहि सरकारल दिएको समर्थन कायम राख्ने निर्णय गर्न सक्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया