सभामुख सापकोटासँग पूर्व सभामुखहरुको छलफल जारी, गएनन् नेम्वाङ (तस्वीरसहित)

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गरेका छन् ।

सभामुख सापकोटाले संसद विघटनका बारेमा छलफल गर्न पूर्व सभामुखरुलाई बोलाएका थिए । अहिले संसद भवन नयाँ बानेश्वरमा सभामुख सापकोटासहित पूर्व सभामुखहरु छलफल गरिरहेका छन् ।

छलफलमा पूर्व सभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर रहेका छन् । छलफलका लागि बोलाइएपनि पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ भने छलफलमा छैनन् ।

जेठ ६ गते शुक्रवार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेसँगै सभामुख सापकोटाले त्यसलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै आपत्ति जनाएका छन् । साथै सबैलाई त्यसको विपक्षमा उभिन आग्रह समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?