कीर्तिमानी आरोही कामीरिता काठमाडौं फर्किए

काठमाडौं । २५ औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर किर्तीमानी राखेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् ।

उनी गत वैशाख २४ गते २५ औँ पटक सगरमाथाको चुचुरोमा पाहिला राख्न सफल भएका थिए ।

यस सिजनका लागि आइसफल डाक्टरहरुको नेतृत्व गरेका शेर्पा मंगलवार काठमाडौं फर्किएका हुन् ।

उनले १२ जना आइसफल डाक्टरहरुको टोली सगरमाथा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?