उपत्यकामा एक साता थपियो निषेधाज्ञा, किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्यााइएको छ ।

आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठकले उक्त निर्णय गरेको हो । जसअनुसार आगामी जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

त्यस्तै निषधाज्ञामा किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत खोल्न पाइने छैन । तर सागसब्जी, माछामासु र दूधका पसलहरु भने बिहान ९ बजेसम्म खोल्न पाइने छ ।

साथै निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई नयाँ आदेश अनुसार कारबाही गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?