संसद विघटनविरुद्ध रिट दर्तापछि विपक्षी दलको छलफल, के भयो निर्णय ?

लोकपथ संवाददाता
175
Shares
sf7df8f}F, !) h]7 M k|ltlglw;efsf] k’gM:yfkgfsf nflu ;f]daf/ ;jf]{Rr cbfntdf l/6bfo/ u/L kmsg]{ qmddf g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf, hgtf ;dfhjfbL kf6L{sf g]tf pk]Gb| ofbj, g]skf Pdfn] -dfwj g]kfn ;d”x_sf g]tf dfwjs’df/ g]kfn, g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k’iksdn bfxfn k|r08nufot . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ५ विपक्षी दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

मंगलवार (आज) सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको भेटघाटमा संसद विघटनविरुद्ध रिट दर्ता भएसँगै आगामी रणनीतिका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी रहेका थिए ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच संसद विघटनविरुद्ध कानूनी लडाँईबारे कसरी अगाडी बढ्ने साथै समसामयीक राजनीतिका बारेमा समेत छलफल भएको बताइएको छ ।

सोमवार प्रतिनिधि सभा विघटन साथै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गर्नुपर्ने मागसहित सोमवार ५ दलले सर्वोच्चमा रिट दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?