काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।
आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरुको बैठकले तीन जिल्लामा आगामी जेठ २० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा भएपनि मानिसहरुको आवतजावत बढेपछि थप कडाई गरिएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिद साथै अत्यावश्यक सेवा लिनको लागि बाहेकका अन्य सेवाहरु बन्द गरिएको जानकारी दिएका छन् । उनका अनुसार मर्निङ वाक र इभिनिङ वाक समेत बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया