अब पत्रकारलाई सूचना विभागको प्रेस पास बिना हिँडडुलमा रोक, नहुनेले के गर्ने ?

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा पत्रकार तथा सञ्चारकर्मीहरुलाई समेत हिँडडुलमा कडाई गरिएको छ ।

आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीको बैठकले त्यस्तो निर्णय गरेको हो ।

जस अनुसार अब पत्रकार तथा सञ्चारकर्मीहरुलाई सूचना विभागका प्रेस बिना हिँडडुल गर्न नपाइने भएको छ ।

सूचना विभागको प्रेस पास नभएका संचारकर्मी र कर्मचारीको हकमा आधिकारीक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पासको आधारमा हिँडहुल गर्न पाइने छ ।

‘पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवत जावतमा सहजीकरण गर्ने । सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी र कर्मचारीको हकमा आधिकारीक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा मात्र आवत जावत गर्न सकिने ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?