रियल मड्रिड, बार्सिलोना र युभेन्टसमाथि ‘युईएफए’को अनुशासनिक अनुसन्धान शुरू

काठमाडौं।  ‘युईएफए’ले युरोपियन फुटबलका तीन ठूला क्लब रियल मड्रिड, बार्सिलोना र युभेन्टसमाथि अनुशासनिक अनुसन्धान शुरु गरेको छ।

विवादास्पद ‘युरोपियन सुपर लिग’को अनुबन्धनबाट पछि नहटेका यी तीन क्लबमाथि अनुसन्धान शुरू गरिएको हो। ‘युईएफए’को अनुशासन उलंघन गरेको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कुरा युरोपियन फुटबलको सर्वोच्च निकाय ‘युईएफए’ले जानकारी दिएको छ।

यस अनुसन्धानको नतिजा स्वरूप यी तीन क्लबले भारी सजाय भोग्नु पर्ने हुनसक्छ।

१२ टोली सम्मिलित सुपर लिगले विश्वव्यापी रूपमा आलोचना प्राप्त गर्दा इंग्लिश क्लब आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड र टोटनह्यामले पहिले नै नाम फिर्ता लिईसकेका थिए। त्यस्तै इटालियन क्लबद्वय इन्टर मिलान र एसी मिलानले पनि आफ्नो अनुबन्धन सुपर लिगबाट टोडिसकेका छन्। स्पेनिश क्लब एथ्लेटिको मड्रिडले पनि सुपर लिगसंगको बाटो छाड्दा सुपर लिगमा रियल, बार्सा र युभे मात्र बाँकि रहेका हुन्।

मंगलवार जारी वक्तव्य अनुसार युईएफएले आफ्नो ‘इथिक्स’ र अनुशासन तोडेको भन्दै यी तीन क्लबमाथि अनुसन्धान शुरु गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?