कोरोना संक्रमणकाबीच काठमाडौंमा बर्डफ्लु

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमण जोखिमकाबीच बर्डफ्लुको संक्रमण देखिएको छ ।

काठमाडौंको कीर्तिपुर र चन्द्रागिरीका केही ठाउँहरुमा टर्कीमा बर्डफ्युको संक्रमण देखिएको हो ।

उक्त स्थानहरुमा बर्डफ्लु देखिएपछि त्यहाँ पन्छी नष्टका लागि टोली खटाइएको पशु सेवा विभागले जनाएको । त्यस्तै करिव ८ सय टर्की नष्ट गरि सो क्षेत्रमा निसंक्रमण गर्नका लागि आज बिहानैबाट प्राविधिक टोली खटाइएको छ ।

अन्य क्षेत्रमा त्यसको प्रकोप नबढोस् भन्नका लागि थप सतर्कता अपनाइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?