काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा कमि, १ हजार ४ सय बढीमा संक्रमण

काठमाडौं । आज काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा कमि आएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार १ सय ३९ जना, भक्तपुरमा १ सय १३ जना र ललितपुरमा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुने भन्दा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढी रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १६ जना कोरोना संक्रमण मुक्त हुँदा ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर १९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भने ३ सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए ।

हाल नेपालमा ८ सय ५३ जना क्वारेन्टाइनमा रहेका छन् ।

हाल नेपालमा १ लाख १७ हजार ७७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ हजार ४ सय ५७ जना संस्थागत आइसोलेसन र १ लाख ८ हजार ६ सय २० जना होम आइसोलेसनमा रहेको सहप्रवक्ता अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?