काठमाडौं । छिमेकी देश चीनले नेपालका लागि १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने भएको छ ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिङ पिङसँग फोन वार्ता गरि खोप उपलब्ध गराइदिन पहलका लागि आग्रह गरेकी थिइन् ।
यसैक्रममा चिनियाँ राष्ट्रपति पिङले नेपालका लागि १ मिलियन अर्थात १० लाख डोज खोप उपलब्ध गराउन लागेको नेपालीका लागि चिनियाँ राजदूत होउ यान्छीले बताएकी छिन् ।
उनले ट्वीट गर्दै भनेकी छिन्- ‘नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजको फोनमा कुराकानीको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले घोषणा गरे कि चीनले अनुदान सहयोगमा नेपाललाई कोभिड १० लाख डोज (एक मिलियन) डोज खोप प्रदान गर्नेछ।’
त्यस्तै आजै राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई समेत पत्राचार गर्दै कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेकी छिन् ।
During today's phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID-19 vaccines to Nepal under grant assistance. pic.twitter.com/0d2OWT2mYd
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 26, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया