काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेसँगै अहिले त्यसको पक्ष र विपक्षमा टिकाटिप्पणी भइरहेको छ ।
यसैक्रममा बुधवार स्थानीयले नागरिकता अध्यादेशको समर्थनमा रौतहट, बारासहित मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् ।
राष्ट्रपती भण्डारीद्वारा जारी नेपाल नागरिकता अध्यादेशबारे विभिन्न दलका नेताहरुले त्यसको विरुद्ध टिकाटिप्पणी गरेको भन्दै आक्रोश समेत व्यक्ति गरेका छन् । आक्रोशित बनेका स्थानीयले आज विभिन्न स्थानमा उनीहरुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई(मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण वा फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचार गरेको भन्दै त्यस्ता हर्कत गर्नलाई खबदारी गर्न प्रदर्शन गरेको रौतहटका नागरिक समाजका अगुवा राजकिशोर यादवले बताए ।
सयौँको संख्यामा नागरिकले ूनागरिकता अध्यादेश विरोधी होसियार, आफ्नै देशमा शरणार्थी बनाउन पाईदैन ।ू ूजनविरोधी देउवा(प्रचण्ड मुर्दावाद, नेपाल सरकारको निर्णय जिन्दावाद, मधेश विरोधी उपेन्द्र माधव मुर्दावाद १ू ूनागरिकको भविष्यसंग खेलवाड़ गर्न पाईदैन, नागरिकता विरोधी नेता चाहिदैन ।ू ूओली सरकार जिन्दावाद, राष्ट्रीय एकता जिन्दावाद ।ू जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए ।
मंगलवार नागरिकता सम्बन्धी अध्यादेशका विरुद्ध धारणा राखेको भन्दै एमाले नेता भीम रावल लगायतका नेताहरुको पुत्ला समेत दहन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया