पर्सा । वीरगंजमा जारी निषेधाज्ञा आगामी जेठ २० गतेसम्म लम्ब्याउने निर्णय भएको छ। बुधबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले जेठ १३ पश्चात पुनः एक साता थप्दै २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
यो अवधिमा अत्यावश्यक काम, औषधि उपचारबाहेक घरबाट बाहिर ननिस्किन, हिँडडुल नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ।
मालवाहक सवारी साधन, सुरक्षा, स्वास्थ्य सेवासम्बन्धी कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, शववाहन, फोहरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, कृषिउपज, तरकारी, दुग्धजन्य पदार्थ, पशुपक्षीको दाना ढुवानी गर्ने सवारीसाधन, आइसोलेसन, होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, अत्यावश्यक काममा प्रयोग हुने सवारीसाधनबाहेक सबै प्रकारका सवारीसाधन प्रयोग गर्न निषेध गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया