सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको कोरोना संक्रमणबाट निधन

धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ ।

पूर्व प्रदेश प्रमुख मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले जानकारी दिए । कैलालीका स्थायी बासिन्दा मल्ल निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित थिए ।

मल्ललाई २०७४ सालमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् भने २०७६ साल कार्तिकमा पदमुक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?