संसद विघटनविरुद्धको मुद्दा : १९ रिटको सुनुवाई प्रधानन्यायाधीशको बेन्चबाट

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बेन्चबाट सुनुवाई हुने भएको छ ।

संसद विघटनविरुद्ध परेको १९ वटा रिटको सुनुवाई प्रधानन्यायाधीश जबराले आफ्नो एकल बेन्चमा हुनेगरी तोकेका हुन् ।

सर्वोच्चका अनुसार अन्तरिम आदेश मागिएका १९ वटा रिटको सुनुवाई आजै हुनेछ ।

रिट निवेदकहरुले संसद पुनःस्थापनाको माग गर्दै दायर गरेको रिटमा आज सुनुवाई हुन लागेको हो । साथै विपक्षी गठबन्धनका १४६

सांसदसहित परेका अन्य ११ वटा रिटमा भने शुक्रवार सुनुवाई हुन लागेको हो ।

शनिवार राति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरि मध्यावधी निर्वाचन तोकेसँगै त्यसको विरुद्ध ३० वटा रिट निवेदन परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?