संसद विघटनको मुद्दामा अधिवक्ताको जिकिर : ‘राष्ट्रपति र प्रधानमन्त्रीले अदालतकै मानहानी गरे’

काठमाडौं । सर्वोच्च अदालतमा बिहीवार (आज) देखि प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाई शुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा भइरहेको बहसमा राष्ट्रपति र प्रधानमन्त्रीले अदालतको फैसलाको मानहानी गरेको टिप्पणी भएको छ ।

संसद विघटनका विरुद्ध बहस गर्दै अधिवक्ता लोकेन्द्र ओलीले संसद विघटनको विरुद्धमा बहस गर्दै प्रधानमन्त्री बन्ने र पदमुक्त गर्ने व्यवस्था गर्न नै प्रतिनिधि सभा भएको उनले जिकिर गरेका छन् । सांसदहरुको कुरा सुन्ने ठाउँ प्रतिनिधि सभामा नटेकी प्रधानमन्त्री ओलीले संसद नै विघटनको बाटो रोजेको बताउँदै उनले राष्ट्रपति र प्रधामन्त्रीले अदालतको फागुन ११ कै फैसलाको मानहानी गरेको बताए ।

उनले भनेका छन्, ‘यो प्रधानमन्त्री बन्ने र पदमुक्त हुने व्यवस्थाको संघीय संसदको प्रतिनिधिसभा हो । नियुक्ति र पदमुक्त यहीँबाट हुने हो, ओलीले विश्वासको मत लिन पुग्नुभएन । ११ फागुनको पूर्णपाठ नआउँदै हामी जनताको दुर्भाग्य हेर्नुहोस् त, प्रधानमन्त्री संसदमा प्रवेश गर्नुभएन । राष्ट्रपति र प्रधानमन्त्रीले मानहानी गर्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?