काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटलाई संवैधानिक इजलासमा पठाइएको छ ।
बिहीवार (आज) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै त्यसको विरुद्धमा ३० वटा रिट निवेदनहरु परेका छन् ।
त्यसमध्ये ११ वटालाई यसअघि नै संवैधानिक इजलासमा पठाइएको छ । भने बाँकी १९ वटा रिटलाई भने प्रधानन्यायाधीशको बेन्चबाट हेर्नका लागि पेशी तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया