भोलिदेखि खाद्यान्न आवश्यक परेमा यी नम्बरमा सम्पर्क गर्नुस्, घरमै आइपुग्छ सामान (सूचनासहित)

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै शुक्रवार (भोलि) देखि काठमाडौं उपत्यकामा थप कडाइ गर्न लागिएको छ ।

यसैक्रममा जिल्ला प्रशासन काठमाडौंले किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत बन्द गर्न निर्देशन दिएको छ । यसैक्रममा हुनसक्ने खाद्य अभावलाई परिपूर्ती गर्न जिल्ला प्रशासन कार्यालय काठमााडौंले स्थानीय स्तरमा नै खाद्यन्न उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यसैक्रममा खाद्यान्न वस्तुको खरिद गर्नु परेमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडीको व्यवस्था गरेको छ । जसले स्थानीय स्तरमा नै खाद्यन्नको खरिद बिक्रीको व्यवस्था मिलाइएको जिप्रका काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

सूचना पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?