काठमाडौं उपत्यकामा २ हजार ३ सय बढीमा कोरोना संक्रमण, कुन जिल्लाका कति ?

काठमाडौं । पछिल्लो २४ घण्टाामा काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् ।

यसअघि बुधवार काठमाडौं उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६ हजार ७ सय ३१ र एन्टिजेन विधिबाट २ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७।२ प्रतिशत रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?