काठमाडौं । डोटीमा युवतीमाथि मध्यरातमा मट्टीतेल छर्केर आगो लगाइएको छ । डोटी जिल्लाको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटमाथि मध्यरातमा मट्टीतेल छर्केर आगो लगाइएको हो ।
आफ्नै पसलमा सुतिरहेको अवस्थामा मध्यरातमा उनीमाथि मट्टीतेल छर्केर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (एसपी) दान बाहादुर मल्लले लोकपथलाई जानकारी दिए ।
आगोले जलेर गम्भीर घाइते भएकी भाटको राजपुरस्थित सुजंङ्ग अस्पतालमा उपचार भइरहेको र केही बेरमा डिस्चार्ज हुने एसपी मल्लले जानकारी दिए ।
‘उनको हात, खुट्टा, शरीर आगोले जलेको छ, म आफै घटनाको अनुसन्धानमा खटिएको छु । घाइतेको अवस्था सामान्य छ । केहीबेरमा डिस्चार्ज हुनुहुन्छ ।’ एसपी मल्लले भने ।
प्रहरी अनुसन्धानको अन्तिम चरणमा पुगेको र अभियुक्तलाई छिट्टै सार्वजनिक गरिने उनले बताए । ‘अभियुक्त नजिकै पुगेका छौँ छिट्टै सार्वजनिक गर्छौं ।’ एसपी मल्लले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया