काठमाडौं। नेपालले भोलि, शनिवार इराकसँग मैत्रीपूर्ण खेल खेल्दै छ। इराकको ‘बास्रा स्टेडियम’मा खेलिने खेलको लागि दुवै टोलीले लगाउने जर्सी सार्वजनिक भएको छ।
इराकको बास्रा सहरमा आज भएको ‘म्याच कोअर्डिनेशन मिटिङ’ (एमसीएम)मा भोलि हुने खेलको जर्सी सार्वजनिक गरिएको हो। सो कार्यक्रममा एउटा अप्रत्याशित दृश्य देखियो। नेपाली राष्ट्रिय फुटबल टोलीले इराकविरुद्धको खेलमा ‘सेतो’ जर्सी लगाउने छ।
इतिहासमै पहिलो पटक नेपालले ‘रातो’ र ‘निलो’ बाहेक कुनै रंगको जर्सी लगाउन लागेको हो। यो निर्णय इराकको जर्सीसँग मेल खाने भएर पनि गरिएको होइन।
इराकको जर्सी हरियो रंगको हुँदा नेपालले आफ्नो ‘रातो’ वा ‘निलो’ जर्सी दुवै लगाउन मिल्ने अवस्था थियो। तर नेपाली फुटबल टोलीको निर्णय नै केही परिवर्तन लिएर आउने देखिएको छ। नेपाली टोलीको जर्सी नेपालकै चर्चित ब्राण्ड “केटीएम सिटी”ले उत्पादन गर्दछ।
नेपाल र इराकले भोलि लगाउने जर्सी केही यस्तो देखिन्छ,
तस्वीर :एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया