सुदूरपश्चिम राजनीति : एमालेको प्रमुख सचेतकबाट तामाङलाई हटाइयो, खड्काले पाए जिम्मेवारी

लोकपथ
168
Shares

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहले प्रमुख सचेतकबाट तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नयाँ जिम्मेवारी दिएका छन् ।

तामाङ र खड्का दुबै कञ्चनपुरका हुन् । त्यस्तै आज नै सचेतकमा दुर्गा विकलाई नियुक्त गरिएको छ। उनी अछामकी हुन् ।

यस अघि एमालेमा सचेतक थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?