गणतन्त्र दिवस : ज्यान मार्ने उद्योगमा पक्राउ परेका डिल्ली लंवा लिम्बूसहित ४३० जनाको सजाय मिनाहा

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सरकारले ४ सय ३० कैदीहरुलाई आम माफी दिएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रवार (आज) एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २७ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ साथै विभिन्न ऐन र सर्वोच्चको आदेशका आधार सजाय भुक्तान गरिरहेका ४३० कैदीहरुको सजाय भुक्तान गर्न लागिएको बताइएको छ ।

गणतन्त्र दिवसका अवसरमा सरकारले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका ताप्लेजुङका डिल्ली लंवा लिम्बुले समेत उन्मुक्ती पाउने भएका छन् । जिल्ला अदालत ताप्लेजुङले सजाय घोषणा गरेपछि फरार लिम्बुलाई २०७५ साल मंसिरमा पक्राउ गरेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?