काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले राष्ट्रपतिलगायत सार्वजनिक जीवनमा रहेका महिलालाई लक्ष्य गरी सुनियोजित तरिकाले अनर्गल टीकाटिप्पणी गर्ने दोषीलाई कारवाही गर्नुपर्ने बताएकी छिन् ।
आयोगले आज आयोजना गरेको ‘लैङ्गिकहिंसा नियन्त्रणसम्बन्धी‘ भर्चुअल कार्यक्रममा उनले यस्ता कार्य गम्भीर मानव अधिकार हनन र दण्डनीय अपराध मानी दोषीलाई कानूनी कारवाही गर्न राज्यका संयन्त्र क्रियाशील हुनुपर्नेमा जोड दिइन् ।
छलफलमा सहभागीले महिलाको चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न किसिमका मनगढन्ते र कपोलकल्पित समाचार, कार्टुन, टिकटक आदि बनाई सामाजिक सञ्जालमा जथाभावी रूपमा प्रचारप्रसार गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याई उचित दण्ड सजाय गर्नुपर्ने माग गरीन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया