तेस्रो एकदिवसीय खेलमा श्रीलंका विजयी

काठमाडौं।  बंगलादेश भ्रमणमा रहेको श्रीलंकाले तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा जित हासिल गरेको छ। शुक्रवार खेलिएको अन्तिम एकदिवसीय खेलमा श्रीलंकाले घरेलु राष्ट्र बंगलादेशलाई ९७ रनले पराजीत गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८६ रनको योगफल बनाएको थियो। श्रीलंकाका लागि कप्तान कुशल परेराले शतकीय पारि खेले। उनले १२० रनको सर्वाधिक योगदान दिए। त्यस्तै धनन्जय डे सिल्वाले ५५ रन जोडे।

जवाफी ब्याटिङमा बंगलादेशको टोली १८९ रनमै ‘अलआउट’ हुन पुग्दा श्रीलंकाले खेल आफ्नो पक्षमा पारेको हो। बलिङतर्फ श्रीलंकाका दुसमन्था चमिराले उत्कृष्ट प्रदर्शन गरे। ९ ओभरमा मात्र १६ रन खर्चेर उनले ५ विकेट लिंदा उनी खेलको ‘म्यान अफ दि म्याच’ समेत घोषित भए।

तीन एकदिवसीय खेलको शृङ्खलामा बंगलादेशले एक खेल अगावै उपाधि जितेको थियो। शुरुका २ खेलमा जित निकाल्दा बंगलादेशका मुश्फिकुर रहिम ‘म्यान अफ दि सिरिज’ घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?