काठमाडौं। ‘युईएफए च्याम्पियन्स लिग’को फाइनल खेल शनिवार राति खेलिँदै छ। इंग्लिश प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी र अर्को इंग्लिश क्लब चेल्सी बिच पोर्टोको ‘स्टेडियो डे ड्रागो’मा उपाधिका लागि प्रत्सिपर्धा हुँदैछ।
पहिलो पटक फाइनलसम्म यात्रा गरेको सिटी र एक पटकको विजेता चेल्सी बिचको खेल हेर्न फुटबल प्रेमीहरु प्रतीक्षामा रहेका छन्। चेल्सी सन् २०१२ पछि पहिलो पटक यो उपाधि जित्ने दाउमा छ भने सिटी पहिलो पटक यो उपाधि जित्दै इतिहास रच्ने सोचमा छ।
सिटीले गत वर्षको उपविजेता पीएसजीलाई सेमी फाइनलमा पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो। उता चेल्सीले भने सर्वाधिक विजेता रियल मड्रिडलाई सेमी फाइनलमा पराजित गरेको हो। साविक विजेता बायर्न म्युनिक भने पहिले नै प्रतियोगिताबाट बाहिरिसकेको छ।
च्याम्पियन्स लिग को फाइनल खेल आज राति नेपाली समय अनुसार मध्यरात १२:४५ बजे खेलिने छ।
फाइनल सम्म आइपुग्दा
चेल्सी
राउण्ड अफ १६: एथ्लेटिको मड्रिड (३-०)
क्वार्टर फाइनल: पोर्टो (२-१)
सेमी फाइनल: रियल मड्रिड (३-१)
सर्वाधिक गोलकर्ता: ओलिभियर जिरु (६)
म्यानचेस्टर सिटी
राउण्ड अफ १६: बोरुसिया मोनचेनगल्याडब्याच (४-०)
क्वार्टर फाइनल: बोरुसिया डर्टमन्ड (४-२)
सेमी फाइनल: पीएसजी (४-१)
सर्वाधिक गोलकर्ता: फेरान् टोरेस (४)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया