को हुन् वामदेवको नजरमा गणतन्त्रको विरुद्धमा लाग्ने एमालेका ३ नेता ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टीका तीन नेताहरु गणतन्त्र स्थापनाको विरुद्धमा रहेको आरोप लगाएका छन् ।

आज गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेता गौतमले तत्कालिन एमालेको केन्द्रीय कमिटीको बहुमतले गणतन्त्रको लागि संघर्ष गरेपनि झापा संघर्षका विभिन्न पार्टीमा रहेका तीन नेता भने त्यसको विरुद्धमा रहेको बताए । त्यस्तै एमाले केन्द्रीय कमिटी बैठकमा गणतन्त्र स्थापनाका लागि हस्ताक्षर गर्नेमा आफू एक व्यक्ति भएको समेत बताएका छन् ।

‘विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो।’ उनले भने, ‘त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं।’

नेता गौतमले त्यसबेला गणतन्त्रको विरुद्धमा लाग्नेहरुमा वर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, मालेका महासचिव सीपी मैनाली र नेता राधाकृष्ण मैनाली लगायतकालाई संकेत गरेको बुझिन्छ । पार्टी पंक्तिले गणतन्त्रको पक्षमा नारा उभिने निर्णय गरेपनि माथि उल्लेखित नेताहरुको अभिव्यक्ति भने गणतन्त्र नेपालमा संभव नभएको भन्ने अधिव्यक्ति दिएका थिए । जुन अहिले पनि पढ्न र सुन्न पाइन्छ ।

२०६५ साल जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याइपुर्याउनेमा नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको समेत बताएका छन् ।

त्यस्तै गणतन्त्र स्थापनाको लागि नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शदाहत, त्याग तपस्या र समर्पणर रहेको भन्दै शहीदहरुप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

उनले अघि भनेका छन्ग- ‘णतन्त्र दिवस जिन्दावाद ! आज १४औं गणतन्त्र दिवस हो। यस अवसरमा सवै शहीद र अग्रज नेताहरुलाई श्रद्धान्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाड़ी बढ्न आह्वान गर्दछु। नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर वि। स।२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?