काठमाडौं। नेपाल भलिबल सङ्घले फिलिपिन्समा आयोजना हुने ‘एशियन महिला भलिबल च्याम्पियनशिप’का लागि ३० खेलाडी छनोट गरेको छ। सङ्घले प्रशिक्षणको जिम्मा जगदीशप्रसाद भट्टलाई सुम्पिने निर्णय गरेको छ।
सङ्घका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका पूर्वप्रशिक्षक भट्टको छनोट समितिले खेलाडी छनोट गरेको हो। बन्द प्रशिक्षणका लागि नेपाली सेनाको ‘त्रिभुवन आर्मी क्लब’बाट आठ, ‘नेपाल प्रहरीको पुलिस क्लब’, ‘सशस्त्र प्रहरी बलको एपिएफ क्लब’ र ‘न्यू डायमण्ड क्लब’बाट ‘सात-सात’ तथा ‘भरतपुर मेट्रो’बाट एकजना खेलाडी छनोट गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्।
‘आर्मी’बाट सुनिता खड्का, सोफिया पुन, शान्ति थारू, जानकी भण्डारी, सरस्वती जैसी, कृपा अधिकारी, सङ्गम महतो र सृष्टि खड्का, ‘पुलिस’बाट कमला पुन, उषा भण्डारी, पुनम चन्द, कामना बिष्ट, लक्ष्मी चन्द, मनिषा चौधरी र शान्तिकला तामाङ, ‘एपिएफ’बाट सरस्वती चौधरी, निरुता ठगुन्ना, हीरा केसी, उषाकुमारी बिष्ट, पूजा चौधरी, रेश्मा भण्डारी र कविता भट्ट, ‘न्यू डायमण्ड स्पोर्ट्स क्लब’बाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, बाल्मिका आचार्य, झरना श्रेष्ठ, रीया कुँवर र रीमा कुंवर तथा ‘भरतपुर’बाट सरस्वती कट्टेललाई छनोट गरिएको छ।
यस्तै वैकल्पिक खेलाडीका रुपमा ‘भरतपुर’की आरती सुवेदी र निशा चौधरी, ‘डायमण्ड’की प्रगति नाथ, ‘ढोरपाटन’की पुष्पा शाही र ‘पुलिस’की पुष्पा चौधरीलाई चयन गरिएको चन्दले बताए। सङ्घले महिला टोलीको व्यवस्थापकमा उपाध्यक्ष निरोज मास्केलाई चयन गरेको छ। ‘एशियन महिला भलिबल च्याम्पियनशिप’ आगामी ‘भदौ १३’ देखि ‘२०’ गतेसम्म सञ्चालन हुनेछ । बन्द प्रशिक्षण यही ‘जेठ २१’ गतेदेखि शुरु हुने सङ्घले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया