यी हुन् आर्थिक वर्ष २०७८/७९ बजेटका प्राथमिकताहरु

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक शुरु भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।

बजेट सार्वजनिक पूर्व अर्थमन्त्री पौडेलले बजेटका प्राथमिकताका बारेमा प्रकाश पारेका छन् ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण, अर्थतन्त्रको पुनरुत्थान, सामाजिक सुरक्षालाई बढबा र सार्वजनिक र निजी क्षेत्रको उत्पादनशीलतालाई प्राथमिकता दिने बताएका छन् ।

बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीहरु, सचिवहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित निजी क्षेत्रको समेत उपस्थिती रहेको छ ।
संसद विघटनको कारण संसदमा आगामी आर्थिक वर्षको आयव्याय प्रस्तुत गर्न नसकेको बताउँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?