काठमाडौं । सरकारले अक्जििन प्लान्ट स्थापना गर्ने उद्योगलाई ५० प्रतिबत पूँजीगत अनुदान दिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
सरकारले एक सय वटा बेडभन्दा बढी क्षमताको अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने बजेटमा उिललेख छ ।
सरकारले अक्सिनजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्न लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि करमा पूर्ण छुटको व्यवस्था गरेको छ । सरकारले कोभिड–१९ को बिरामीको उपचारको लागि आवश्यक पर्ने भेन्टिलेटर, आईसियू, एचडीयो, टेस्ट किड लगायत खरिद गर्न ४ अर्ब विनियोजन गरेको छ । छ । कोभिड उपचारमा प्रयोग हुने औषधी खरिदमा भन्सार छुट दिइएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया