बजेट २०७८/७९ : राष्ट्रपति शैक्षिक कार्यक्रमलाई १० अर्ब

लोकपथ
49
Shares

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

राष्ट«पति शैक्षिक सुधार कार्यक्रमको विस्तार गरी कक्षा कोठा निर्माण प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याव, खेल मैदान र खेल सामाग्रीको व्यवस्था लगायतका शैक्षिक पूवार्धार र गणुस्तर अधिवृद्धि कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ ।

त्यस्तै सबै बालबालिकालाई शिक्षाबाट बन्चित नबनाउने घोषणा समेत सरकारले गरेको छ । त्यस्तै एक विद्यालय एक स्वास्थ्यकर्मीको व्यवस्था समेत गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?