बजेट २०७८/७९ : खानेपानी मन्त्रालयलाई ४३ अर्ब ५४ करोड

काठमाडौं । सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ छुट्टयाएको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खानेपानी तथा सरसफाईको लागि ४३ अर्ब ५४ करोड छुट्टयाएको बताए ।

त्यस्तै आगामी आर्थिक वर्षमा एक घर एक धाराको कार्यक्रम लागू गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?