काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सिँचाई तथा नदी नियन्त्रण गर्न ३१ अर्ब ८६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रश्तुत गर्दै यस्तो बताएका हुन् ।
सरकारले सिक्टा सिँचाई आयोजनाको सम्पूर्ण निर्माण कार्य २ वर्षभित्र सक्ने जनाएको छ । जसका लागि १ अर्ब ५६ करोड रुपैयाँ बराबर बजेट छुट्याएको छ ।
त्यस्तै,सरकारले रानीजमरा कुलरिया सिंचाई आयोजना आगामी तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य राखेको छ । यो आयोजनामा आगामी आर्थिक वर्षका लागि २ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया