काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएका हुन् । त्यस्तै पुँजीगतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको उनले बताए ।
उनका अनुसार वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रकम विनियोजन भएको छ ।
त्यसैगरी आगामी आर्थिक वर्षका लागि खर्च व्यहोर्ने स्रोत व्यवस्थापनाको लागि सरकारले राजश्वबाट १० खर्ब २४ अर्ब ९० करोड र ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान व्यहोर्ने अर्थमन्त्री पौडेलले बताएका छन् ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बजेटमार्फत विशेष व्यवस्था गर्ने जनाएको छ । भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि मात्रै सरकारले ३७ अर्ब ४३ करोड रुपैयाँ छुट्टयाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया