आफ्नो हस्ताक्षरको गलत प्रयोग भएपछि त्रिविका प्राध्यापक डा. क्षेत्रीको ध्यानाकर्षण (विज्ञप्तिसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका पूर्व विभागीय प्रमुख प्राध्यापक डा. रामबहादुर क्षेत्रीले त्रिविको मानवशास्त्रर समाजशास्त्र विभागका केही सवालका विषयमा ध्यानाकर्षण गराएका छन् ।

डा. क्षेत्रीले केहि समयअघि सोही विभागका विभागीय प्रमुखमाथि लागेको यौन दुर्व्यवहारका बारेमा निकालिएको विज्ञप्ति र त्यसले उत्पन्न गरेका तरंगका बारेमा प्रकाश पारेका छन् ।

आफूले त्यही विभागका प्राध्यापक डा. ओम गुरुङले आफूसँग हस्ताक्षर र प्रतिलिपि मागेको र आफूले विभागको नियमित कार्यक्रमका लागि भन्ने ठानेर दिएको तर त्यसको गलत प्रयोग भएको बताए ।

उक्त विषय आफूले कहिल्यै नसुनेको विषय भएको भएकोले दुख लागेको बताएका छन् । आफूले नियमित कार्यक्रमका लागि भन्दै हस्ताक्षर पठाएपनि उक्त हस्ताक्षरसहितको प्रतिलिपि गलत भएको भन्दै आपत्ति जनाएका छन् ।

यस्तो छ विज्ञप्ति

पहिलेको निकालिएको विज्ञप्ति हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?