काठमाडौं। इराक र नेपाल बिचको खेलमा शुरुवाती १० मिनेटमै दुई गोल भएको छ।
६औं मिनेटमा इराकका कप्तान अला अब्दुल जाहराले फ्रिकिकमार्फत गोल गरेका थिए। कप्तान किरण चेम्जोङले बल जज गर्न नसक्दा गोल हुन पुगेको थियो।
त्यसको १ मिनेट पनि नबित्दै नेपाल खेलमा फर्किएको छ। अन्जन विष्टले प्रहार गरेको शट इराकी डिफेन्डरको खुट्टामा लागेर गोल हुँदा खेल १-१ को बराबरीमा पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया