काठमाडौं। इराक र नेपालविरुद्धको खेलमा शुरुवाती १० मिनेटमै दुई गोल भयो। ६औं मिनेटमा इराकका कप्तान अला अब्दुल जाहराले फ्रिकिकमार्फत गोल गरेका थिए। कप्तान किरण चेम्जोङले बल जज गर्न नसक्दा गोल हुन पुगेको थियो।
त्यसको १ मिनेट पनि नबित्दै नेपाल खेलमा फर्कियो। अन्जन विष्टले प्रहार गरेको शट इराकी डिफेन्डरको खुट्टामा लागेर गोल हुँदा खेल ११ को बराबरीमा पुगेको थियो।
त्यसपछि मिडफिल्डर मनिष डाँगीको उतृष्ट गोल मार्फत नेपालले खेलमा अग्रता लिन सफल भएको थियो। मनिषले खेलको २९औं मिनेटमा ‘डि बक्स’ बाहिरबाट सुन्दर गोल गर्दा खेल २-१ ले नेपालको अग्रतामा रहेको थियो।
खेलको ३८औं मिनेटमा इराकले पाएको कर्नरमा इराकका डिफेन्डर मोहम्मद अब्दुल जाहाराले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। त्यसपछि नेपालविरुद्ध इराकले पुनः अग्रता लिन सफल भयो। खेलको ४०औं मिनेटमा स्ट्राइकर आइमेन् होसेन्ले गोल गर्दै इराकलाई खेलमा अग्रता दिलाए।
खेलको ४५ औं मिनेटमा इराकका स्ट्राइकर आइमेन होसेनले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा इराकले ४ गोल गरेको छ। पहिलो हाफको खेल सकिँदा स्कोर, इराक ४-२ नेपाल।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया