चेल्सीले उचाल्यो ‘युईएफए च्याम्पियन्स लिग’को उपाधि, म्यान्चेस्टर सिटी स्तब्ध

लोकपथ संवाददाता
112
Shares
Soccer Football – Champions League Final – Manchester City v Chelsea – Estadio do Dragao, Porto, Portugal – May 29, 2021 Chelsea players celebrate with the trophy after winning the Champions League Pool via REUTERS/Pierre-Philippe Marcou

काठमाडौं।  ‘युईएफए च्याम्पियन्स लिग’ अन्तर्गत शनिवार राति भएको फाइनल खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई १-० गोलले पराजित गरेको छ।

पोर्टोको ‘स्टेडियो डे ड्रागो’मा खेलिएको फाइनल खेलमा एकमात्र गोल चेल्सीका ‘काई हाभर्ज’ले गरे। पहिलो हाफको ४२औं मिनेटमा ‘मेसन माउन्ट’को पासलाई हाभर्जले गोलमा परिणत गर्दा चेल्सीले खेलमा अग्रता लिएको थियो।

पहिलो हाफमा खासै खेल देखाउन नसकेको सिटीको टोलीले दोस्रो हाफमा भने दबदबा बनायो। तर चेल्सीको बलियो रक्षापंक्तिको अगाडी सिटीको केही चलेन र खेल चेल्सीले १-० गोलले आफ्नो पक्षमा पार्यो।

यस जितसँगै चेल्सीको यो ‘दोस्रो’ च्याम्पियन्स लिग उपाधि हो। दुवै इंग्लिश टोली च्याम्पियन्स लिगको फाइनलमा भिड्दा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीले पराजय भोगेको हो।

गत वर्ष ‘पीएसजी’का प्रशिक्षकका रूपमा च्याम्पियन्स लिगमा उपविजेता बनेका वर्तमान चेल्सीका प्रशिक्षक ‘थोमस टुचेल’को यो पहिलो च्याम्पियन्स लिग उपाधि हो।

त्यस्तै सन् २०११ पछिको पहिलो ‘च्याम्पियन्स लिग’ उपाधि जित्ने दाउमा रहेका सिटीका प्रशिक्षक ‘पेप ग्वार्डियोला’को सपना भने अधुरै रहेको छ। उनले अन्तिम पटक बार्सिलोनासँग च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?