काठमाडौं । सरकारले शनिवार आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट सार्वजनिक गरेको छ ।
संसद विघटन भएकाले सरकारले अध्यादेश मार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ । कोरोना महामारीको चपेटामा आएको बजेटमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ छुट्ट्याइएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमध्ये ७ प्रदेशका लागि १ खर्ब ३ करोड ७० करोड छुट्ट्याइएको छ । भने ७५३ स्थानीय तहका लागि २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
कुन प्रदेशका लागि कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया