काठमाडौं । सरकारले बजेट सार्वजनिक गरेको भोलीपल्ट शेयर बजारमा हरियाली छाएको छ ।
साताको पहिलो दिन आइतवार शेयर बजार १२.५४ अंकले बढेर २८२७.९३ अंकमा बन्द भएको छ । आइतवार २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार सेयर कित्ता शेयर किनबेच भएको छ भने १७ अर्ब २ करोड ८४ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ । आइतवार १ लाख ७३ हजार वटा कारोबार भएको छ ।
आइतवार डेभलपमेन्ट बैंंक समूह २५५.२५ अंक, म्युचुअल फण्ड समूह ०.५५ अंक, फाइनान्स समूह ८३.९१ अंक, र निर्जीवन बीमा समूह ६४.१२ अंकले कारोबार बढेको छ । त्यस्तै, होटल तथा पर्यटन समूह १३७.३६ अंक, बैंकिङ समूह १९.९४ अंक, र जीवन बीमा समूह ९६.०१ अंकले बढेको नेप्सेले जनाएको छ ।
त्यस्तै,आइतवार ट्रेडिङ समूह ४०.२७ अंक, माइक्रोफाइनान्स समूह ७४.४० अंक, इन्भेष्टमेन्ट समूह ०.२७ अंक, अन्य समूह ५४.६४ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो.समूह ५.३१ अंक र हाइड्रो पावर समूह ०.६६ अंकले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया