काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोली आज, आईतवार इराकबाट कुवेत प्रस्थान गर्दैछ।
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोटका बाँकि खेल खेल्न नेपाल कुवेततर्फ प्रस्थान गर्न लागेको हो।
नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले टिम कुवेत प्रस्थान गर्ने बारे जानकारी दिएका हुन्। इराकी स्थानीय समय अनुसार नेपाली टोली साँझ ६ बजे कुवेततर्फ प्रस्थान गर्न लागेको हो।
गए राति भएको नेपाल र इराक बिचको मैत्रीपूर्ण खेलमा घरेलु राष्ट्र इराकले नेपाललाई ६-२ गोल अन्तरले पराजित गरेको थियो।
अब नेपाल विश्वकप छनोटका बाँकि तीन खेल खेल्न कुवेततर्फ प्रस्थान गर्न लागेको हो। नेपाल आफ्नो समुह ‘बी’ को चौथौं स्थानमा रहँदा विश्वकप खेल्ने सम्भावना लगभग न्यून देखिन्छ।
नेपालले आगामी ‘जुन ३’ मा चाइनिज ताइपेइ, ‘जुन ७’ मा जोर्डन र ‘जुन ११’ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले सबै खेल कुवेतको ‘जबिर अल अहमद अन्तराष्ट्रिय स्टेडियम’मा खेल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया